वातावरण

आज केही ठाउँमा भारी वर्षाको सम्भावना

इकागज |
जेठ ७, २०७८ शुक्रवार ६:४५ बजे

काठमाडौँ : आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले तीन दिने मौसमी अवस्थाबारे विज्ञप्ति निकाल्दै केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहितको मध्यम वर्षा हुने विभागले जनाएको छ ।


यस्तै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का केही ठाउँहरुमा पनि हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश १ र प्रदेश २ का एक दुई ठाँउमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

भारतमा आएको ताउते आँधी र त्यो कमजोर हुँदा न्युनचापीय क्षेत्रको प्रभाव नेपालमा रहेकाले वर्षा भएको हो । शनिबार धेरै ठाउँमा हल्का र मध्यम वर्षा हुने भएपनि आइतबारदेखि मौसम खुल्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


Author

थप समाचार
x