वातावरण

ताप्लेजुङमा तेस्रो पटक हिमपात

इकागज |
माघ ६, २०७८ बिहिवार १७:१४ बजे

फाइल तस्वीर

ताप्लेजुङ - ताप्लेजुङमा तेस्रो पटक हिमपात भएकोछ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाईमा अवस्थित फक्ताङलुङ  गाउँपालिका-७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहर"मा बुधबार रातिदेखि बाक्लो हिमपात भएको हो ।  

हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएका घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातले जनजीवन प्रभावित हुनका साथै पशुचौपाय समेत प्रभावित भएका टासी तेन्जीले शेर्पाले बताए ।


हिमाली क्षेत्रमा प्रमुख पुर्ख्याैली पेसाको रुपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउन मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीहरूलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाकाे भनाइ छ । 

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र भले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ ।  मिक्वाखोला गाउँपालिका-६ तोक्पेगोला र पापुङ बस्तीहरूमा समेत हिमपात  भएको मिक्वाखोला गाउँपालिका-६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।

त्यस्तै समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ ।हिमपात भएसँगै यता सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ । ताप्लेजुङमा पहिलो पटक १३ र १४ पुसमा र देस्रो  २९ पुसमा गते हिमापात भएको थियो । अहिले ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको हो । 


Author

थप समाचार
x