वातावरण

अल्बाट्रोसेस चरा जो शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराईमा पुग्छ

इकागज |
माघ ७, २०७८ शुक्रबार १४:३ बजे

लन्डन- कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पंक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट (१९ मिटर) सम्म पुग्ने पछिल्लो अध्ययनले निस्कर्ष निकालेको छ । युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता गरेको एउटा अध्ययनमा यस्तो निस्कर्ष निकालिएको हो ।

 यसअघिका अध्ययनले सो चरा २० देखि ३० फिट गहिराईमा पुग्ने बताइएको थियो । समुद्री अल्बाट्रोसको अस्तित्व जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् । 


अनुसन्धानकर्ताहरुका अनुसार १५ देखि २२ अल्बाट्रोस प्रजाति लोपन्मुख अवस्थामा छन् । पछिल्ला दशकमा यो चराको संख्या पनि ह्वात्तै घटेको छ । ठूला समुद्रमा माछा मार्न राखिएका हुक र अन्य पासोमा परेर अल्बाट्रोसको संख्या घटेको हो । 

यो चरा प्रायः दिउँसोको समयमा समुद्रमा हाम फाल्ने गरेको अनुसन्धाकर्ताहरुको भनाई छ । अध्ययनको निस्कर्ष करेन्ट वायोलोजीमा प्रकाशित छ । 


Author

थप समाचार
x