फेसन

‘मिस्टर एन्ड मिस सुपरनेसनल’को फाइनलका लागि भार्गोस र पोर्सिल्ड नेपालमा

इकागज |
जेठ १५, २०७९ आइतबार ११:१० बजे

काठमाडौँ - ग्लोबल स्कुल अफ साइन्स र रिजभोल कस्मेटिकको प्रायोजन र सुनर्वी इन्टरनेसनलको प्रस्तुति रहेको सुनर्वी फाइनरी ‘मिस्टर एन्ड मिस सुपरनेसनल २०२२’ आज (आइतबार) साँझ होटल सोल्टीमा एकभब्य समारोहकाबीच सम्पन्न हुँदैछ । ‘मिस्टर सुपरनेसनल २०२१’ भरो भार्गोस, ‘मिस सुपरनेसनल २०१९’ एन्टोनियो पोर्सिल्ड र मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर आन्द्रे स्ले नेपाल आएका छन् । प्रतियोगिताको फाइनलमा सहभागी हुन उनीहरू नेपाल आएका हुन् ।
आयोजक सुनर्वी इन्टरनेसनलले शनिबार साँझ एक पत्रकार भेटघाट कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय व्यक्तित्व कार्यक्रमको निर्णायकका लागि नेपाल आएको जानकारी गराएको हो । कार्यक्रममा आयोजक सुनर्वी इन्टरनेसनलका निर्देशक डा. सन्तोष उपाध्यायले प्रतियोगिताको फाइनलको तयारी पूरा भएको जानकारी दिए । 

‘मिस्टर सुप्रानेसनल २०२१’ का थर्ड रनरअप, ‘मिस्टर सुप्रास्टार २०२०’, ‘मिस्टर नेपाल २०१९’ विजेता समेत रहेका उपाध्यायले अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय ‘मिस्टर एण्ड मिस सुपरनेसनल’को राष्ट्रिय निर्देशकको रुपमा यस वर्षबाट नेपालमा भित्र्याएका हुन् । फाइनलमा २० प्रतियोगी उपाधिका लागि भिड्दैछन् । राजधानीमा पटक पटक आयोजित एकसय बढी सहभागी प्रारम्भिक अडिसनबाट फाइनल स्पर्धाका लागि यी प्रतियोगी छनौटमा परेका हुन् ।


२० प्रतियोगीले फिटनेस राउन्ड, ट्यालेन्ट राउन्ड, स्विम वेयर राउन्ड र टप मोडल राउन्ड हँुदै फाइनलसम्मको यात्रा तय गर्न सफल भएका हुन् । सोही क्रममा उनीहरूले ‘महिनावारी स्वच्छता व्यवस्थापन’, ‘सामाजिक प्रभाव प्रभावकारी’ को उप–शीर्षकको लागि उनीहरुको ग्रहणशील सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्ने कार्य समेत दिइएको थियो ।

प्रतियोगिताको फाइनल स्पर्धा साँझ ७ बजे आयोजना हुँदैछ । इमेज टिभीबाट प्रत्यक्ष प्रसारण समेत हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय व्यक्तित्व भरो भार्गोस, एन्टोनियो पोर्सिल्ड, आन्द्रे स्ले, डा. सन्तोष उपाध्याय, सोनना अमात्य, किशोर महर्जन निर्णायक रहनेछन् ।

विवेक सिंह ठकुरी र रुविष्का श्रेष्ठको संचालन रहने नेपालमा भएको सौन्दर्य प्रतियोगितामा कुनै पनि ग्रान्ड स्लाम विजेता निर्णायक बन्न लागेको यो पहिलो पटक हो । कार्यक्रमको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् । प्रतियोगिताका शीर्ष विजेता (१ पुरुष र १ महिला) ले पोल्यान्डमा हुने ‘मिस्टर एन्ड मिस सुपरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । विजेताले जनही ७ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

पत्रकार सम्मेलनमा पछिल्लो समय सार्वजनिक यौन हिंसाको विषयमा चर्चा गरिएको थियो । सहभागी अधिकांसले प्रतियोगिताले आत्मविश्वास निर्माण गर्दै युवाहरूलाई आफ्नो अधिकारको लागि आवाज उठाउन सक्षम बनाउने धारणा राखेका थिए । प्रतियोगिताको फाइनलको टिकट इ–सेवा मार्फत समेत लिन सकिनेछ । 


Author

थप समाचार
x