फेसन

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’लाई बैंकक जाने अवसर

इकागज |
साउन २२, २०७९ आइतबार १३:१३ बजे

काठमाडौँ- ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ को घोषणा विश्वभरीका नेपाली युवाले भाग लिन सक्ने भक्तपुर– मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्ट म्यानेजमेन्टलेले शनिवार भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त प्रतियोगिताका लागि पुरुष मोडलहरुलाई सहभागिताका लागि आह्वान गरेको हो ।

यो प्रतियोगितामा सहभागिता जनाउनका लागि मिस्टर मोडल अफ द वर्ल्डको आधिकारिक फेसबुक पेजमा गएर सम्पर्क गर्न सकिने छ । यो प्रतियोगिताा विजेताले थाइल्याण्डको बैंककमा यही नोभेम्बर महिनामा आयोजना हुने मिस्टर मोडल अफ द वर्ल्ड २०२२ मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् ।


यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधत्व गरेका अभिनेता मोडल दिक्पाल कार्कीले मिस्टर ‘मोडल अफ द वर्ल्ड- २०१८’ को उपाधि जित्न सफल भएका थिए । सन् २०१९ मा भने मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । विगतमा अन्य प्रतियोगितामा छनौट भएका मोडलहरु पनि मिस्टर मोडल अफ द वर्ल्डमा प्रतियोगी हुने गरेकोमा अबदेखि मिस्टर मोडल अफ द वर्ल्ड नेपालका विजेतामात्र नेपालको तर्फबाट मिस्टर मोडल अफ द वर्ल्डमा सहभागि हुन पाउनेछन् ।

मिस्टर मोडल अफ द वर्ल्ड नेपालको अन्तिम प्रतियोगिता आगामी सेप्टेम्बर ३ मा हुनेछ भने त्यसका लागि शनिवारदेखि नै आवेदन खुला गरिएको छ । प्रतियोगिताबाट छनौट भएका विजेताले आगामी नोभेम्बर ३ देखि ७ मा थाइल्याण्डको बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्डमा भाग लिनेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरु सहभागी हुनेछन् । हेरिटेज प्यालेस, भक्तपुरमा आयोजना गरिने प्रतियोगिताका लागि आवेदन दिन इमेल ठेगाना  [email protected] वा मिस्टर मोडल अफ द वर्ल्ड नेपालको फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिनेछ ।

त्यसपछि आयोजकले पठाएको आवेदन फर्म भरेर प्रतियोगितामा सहभागी हुन सकिनेछ । मिस्टर मोडल अफ द वर्ल्डकै योग्यताको मापदण्ड अनुसार मिस्टर मोडल अफ द वर्ल्ड नेपालका लागि पनि योग्यताको मापदण्ड तोकिएको आयोजक संस्थाले जानकारी दिएको छ । १८ देखि ३२ वर्ष उमेर समुहका नेपाली नागरिकले यो प्रतियोगितामा भाग लिन पाउनेछन् ।

विदेशमा रहेका नेपाली नागरिकले समेत प्रतियोगितामा भाग लिन पाउनेछन् भने उचाई र शिक्षाको मापदण्ड तोकिएको छैन । विजेतालाई बैंककमा हुने मिस्टर मोडल अफ द वर्ल्ड प्रतियोगितामा सहभागी हुनका लागि सबै खर्च मिस्टर मोडल अफ द वर्ल्ड नेपालका आयोजकले नै व्यहोर्ने शनिवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । मिस कस्मोपोलिटल वर्ल्ड २०१९ प्रिया रानी लामाद्वारा सञ्चालित शनिवारको घोषणा कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधि तथा एन प्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर बीना श्रेष्ठ तथा मिस्टर मोडल अफ द वर्ल्डको आयोजक संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।

एन प्लस प्रोफेसनलले मिस्टर मोडल अफ द वर्ल्ड नेपाल २०२२ को टाइटल प्रायोजन गरेको छ । मिस्टर मोडल अफ द वर्ल्ड नेपालका इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की रहेका छन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षय जंग रायमाझी रहेका छन् । म्यानेजिङ डाइरेक्टर आशिष नापित रहेका छन् भने इभेन्ट म्यानेजर राजन बुढाथोकी रहेका छन् । मार्केटिङ प्रमुख जोर्डन रहेका छन् । यसपटक बैंककमा मिस्टर मोडल अफ द वर्ल्डको तेश्रो संस्करण हुन लागेको हो । कोरोना महामारीका कारण २०२० र २०२१ मा भने प्रतियोगिता हुन पाएको थिएन ।


Author

थप समाचार
x