फेसन

‘डिजाइनर रनवे’मा आँचलदेखि मिस नेपाल नम्रतासम्मको क्याटवाक

इकागज |
भदौ ६, २०७९ सोमवार ११:५ बजे

काठमाडौँ - दरबारमार्गस्थित होटल याक एन्ड यति हायत शनिबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे ११’ नामक फेसन सोमा सेलिब्रेटीदेखि मोडलसम्मले १२ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्प नापे । 

झिलिमिलि सजावट सहित आयोजना भएको फेसन सोमा ७ भारतिय र २५ नेपाली मोडलले ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरे । ७१ जना फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट बिद्यार्थी हुन् ।


आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालले  म्यानेजमेन्ट गरेको फेसन सोमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मि श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठले सो टपरको रुपमा र्याम्प नापेका थिए ।सेलिब्रेटी, भिआइपी, ब्यवसायी लगायत बिभिन्न प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिती रहेको फेसन शोको कोरियोग्राफी अभिमन्यु सिंह तोमारको रहेको थियो ।


Author

थप समाचार
x