फेसन

पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोबीच विवाह

इकागज |
कात्तिक १७, २०७९ बिहीबार १२:३९ बजे

न्युयोर्क- पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोले विवाह गरेको घोषणा गरेका छन् ।  २६ वर्षीय अर्जेन्टिनी मारियाना भेरेला र २२ वर्षीय फाबियोला भ्यालेन्टिना थाइल्याण्डमा २०२० मिस ग्रान्ड इन्टरनेसनल प्रतियोगितामा भेटेका थिए । यी दुईले अर्जेन्टिना र पोर्टो रिकोको सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गरेका थिए । दुई सुन्दरीहरू पहिलेदेखि नै सँगसँगै थिए । 


सोमबार एउटा इन्स्टाग्राम पोस्टमा फेबिनाले स्पेनिस भाषामा लेखेकी छिन्, ‘ हाम्रो सम्बन्धलाई गोप्य राख्ने निर्णय गरेपछि हामी तपाइँको लागि विशेष दिनमा ढोका खोल्दैछौं ’,  उनले लेखेकी छिन् । दुवैले गत २८ अक्टोबरमा विवाह गरेको बताएका छन् । दुई वर्ष आफूहरुले गोप्य प्रेम गरेको र  विवाहपछि सार्वजनिक गरेको बताएका छन् । 

अर्जेन्टिना र  पोर्टो रिको दुवै देशमा एउटै लिङ्गबीच हुने  विवाह वैधानिक छ । अर्जेन्टिनाले सन् २०१० मा यस्तो विवाहलाई कानुनी मान्यता दिएको थियो भने पोर्टो रिकोले सन् २०१५ मा । 

एजेन्सी


Author

थप समाचार
x