फेसन

मिसेस् नेपाल युनिभर्सको खोजी प्रारम्भ

इकागज |
कात्तिक १८, २०७९ शुक्रबार १०:६ बजे

काठमाडौँ-  ‘मिसेस् नेपाल युनिभर्स २०७९’ को खोजी सुरु भएको छ । विवाहित महिलाहरुको समग्र सशक्तिकरणमा आधुनिक परिवेश र प्रक्रियाको पाटोबाट पहलकदमी गर्दै उनीहरूको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।

आयोजक जिभा इन्कोरपरेटेडले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो । समाजको हरेक सेक्टरमा महिलाको प्रभावकारिता, जिम्मेवारी बहनमा निखारता र सक्रिय सहभागितालाई अभिप्रेरित गर्ने हेतुले मिसेस् नेपाल युनिभर्स प्रतियोगिता आयोजना थालिएको आयोजकले जनाएको छ । 


युहान इन्टरनेसनल इभेन्टस्को सहकार्यमा जिभा इन्कोरपरेटेडको मुख्य आयोजना रहेको प्रतियोगिताको मञ्चबाट प्रतियोगीलाई अन्तर्राष्ट्रिय मञ्चसम्मको यात्रालाई सुनिश्चिता प्रदान गर्नेछ ।

प्रतियोगितामा सहभागिताका लागि आवेदन दिनेका लागि  नोभेम्बर १२ अर्थात् कार्तिक २६ गते अडिसन प्रक्रिया सञ्चालन गरिनेछ । प्रतियोगिताको लागि विवाहित, डिभोर्सी एवं विवाहित भएर पनि एकल जीवन अगाडि बढाइरहेका महिलाले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको शीर्ष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगिताका उपविजेताहरूले समेत मिसेस्सँंग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छ । प्रतियोगिताको परिकल्पना तथा निर्देशन सानु खान हुन् भने कोरियोग्राफी कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यको रहनेछ । 


Author

थप समाचार
x