फेसन

प्रबल गुरुङको लुगा लगाएर ‘मेट गाला’मा डेब्यू गर्दै आलिया

इकागज |
चैत ३०, २०७९ बिहिवार १४:२२ बजे

मुम्बई - अमेरिकाको न्युयोर्कमा हरेक साल मे महिनाको पहिलो सोमबार आयोजना हुँदै आएको मेट गालामा यो साल बलिउड अभिनेत्री आलिया भट्टले डेब्यू गर्ने भएकी छिन् । मेट गालालाई संसारकै सबैभन्दा ठूलो फेसन इभेन्ट मानिन्छ । सेलिब्रेटी, फेसन डिजाइनर र अन्य लब्ध प्रतिष्ठित व्यक्ति सहभागी हुने यो इभेन्टलाई कोष तयार गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ ।  यो सालको मेट गाला मेकाे पहिलो  दिन आयोजना हुँदैछ । 

आलिया भट्टलाई पहिलो पटक निम्त्याएको यो कार्यक्रममा सहभागी हुनका लागि आलियाले नेपाली मुलका फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन लगाउनेछन् । 
उनले यसअघि यही कार्यक्रमका लागि दीपिका पादुकोनको लुगा पनि डिजाइन गरेका थिए । यो कार्यक्रमबाहेक प्रबलले फस्ट लेडी मिसेल ओबामा र उपराष्ट्रपति कमला ह्यारिसका लागि पनि लुगा डिजाइन गरेका छन् । अमेरिकामा डिजाइन पढेका प्रबल गुरुङले केही समय बलिउडका चर्चित फेसन डिजाइनर मनिष मल्होत्रासँग काम गरेका थिए । पछिल्लो समय भने प्रबल अमेरिकामा नै सक्रिय छन् र सेलिब्रेटीका रोजाइका डिजाइनरको रुपमा स्थापित छन् । 



Author

थप समाचार
x