फेसन

बेलायतको रियालिटी सो ‘लभ आइल्यान्ड’मा नेपाली रुची गुरुङ

इकागज |
जेठ १६, २०८० मगलवार १७:२४ बजे

काठमाडौँ - बेलायतको चर्चित डेटिङ गेम सो ‘लभ आइल्यान्ड’मा नेपाली मुलकी रुची गुरुङले पनि प्रवेश पाएकी छिन् । बेलायतको आइटिभी २ टिभीबाट प्रसारण हुने सोमा ब्युटिसियन पेसामा रहेकी रुचीले पनि प्रवेश पाएकी हुन् । निर्माताले सोमबार सार्वजनिक गरेको प्रतियोगितामा रुचीको नाम प्राथमिकताका साथ उल्लेख गरेको छ । 

२४ वर्षीय रुचीको प्रवेशलाई सोलाई विविधतापूर्ण बनाएको प्रतिक्रिया दिएका छन् । रुचीलाई पछ्याउने एक फ्यानले लेखेका छन्, ‘ आशा गरौँ उनले भलादमी केटा पाउनेछिन् । यो सोमा असल केटीको सधैँभरि मन भाँचिने गरेको छ ।’


यो सोमा प्रतियोगीहरू एउटा अनजान आइल्यान्डमा प्रतियोगी मायाका लागि प्रतिस्पर्धा गर्छन् । प्रतियोगिताका दौरान मायामा धोका खाने वा जोडी बनाउन नसक्ने सोबाट बाहिरिन्छन् । ‘लभ आइल्यान्ड’को यो दसौँ शृंखला हो । विजेता हुनेले ५० हजार बेलायती पाउन्ड पुरस्कार जित्नेछन् । 

पेसाले ब्युटिसियन रुची साउथ वेस्ट लन्डन सुटनकी वासिन्दा हुन् । उनले आफू प्रेममा समर्पित हुन रुचाउने खालको महिला भएको र अहिले सिंगल भएकाले सोमा जाने निर्णय गरेको बताएकी छिन् । ‘म सिंगल छु र मायाको खोजीमा छु । खोजेको मान्छे भेट्ने यो सही अवसर हो भन्ने लागेको छ मलाई । म रिलेसनसिपमा बस्न रुचाउने केटी हुँ तर अहिलेसम्म के के कारणले सम्भव भएको छैन । त्यसैले भिल्लामा मैले खोजेकै जस्तो मान्छे पाउँछु कि भन्ने अपेक्षा गरेको छु,’ उनले आफ्नो परिचय दिँदै भनेकी छिन् । 


Author

थप समाचार
x