फेसन

‘मिस युनिभर्स’मा भाग लिन सुजिता उडिन् इजरायल

इकागज |
मंसिर १३, २०७८ सोमवार ११:१३ बजे

काठमाडौंँ - ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् । ७०औं ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राति इजरायल उडेकी हुन् । त्रिभुवन बिमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामनासहित उनलाई विदाइ गरेका थिए । 

इजरायल उड्नु अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को  ताज नेपाल भित्रिने आस गर्न सकिने बताइन् । उनले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उद्देश्यसहित आफू सहभागी हुन लागेको बताइन् ।


गत महिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले ताज पहिरिएकी थिइन् । प्रतियोगीताका लागि उनले नेपालको पहिचान झल्कने एक कस्ट्युमसहित विभिन्न तयारी गरेकी छन् ।  ‘मिस युनिभर्स’ १२ डिसेम्बरमा आयोजना हुँदैछ । प्रतियोगितामा ७० बढी देशमा सुन्दरीहरुको सहभागिता रहनेछ । 


Author

थप समाचार
x