फेसन

प्रतिस्पर्धीलाई नै कोरोना देखिएपछि रोकियो मिस वल्र्ड

इकागज |
पुस २, २०७८ शुक्रबार १२:३१ बजे

मिस वल्र्डको ताज जित्न पोर्टो रिको भेला भएका प्रतिस्पर्धीलाई नै कोभिड १९ पोजेटिभ देखिएपछि मिस वल्र्डको फाइनल अनिश्चत कालका लागि सरेको छ । बिहीबार मिस वल्र्डको अन्तिम प्रतिस्पर्धाको आयोजना हुँदै थियो तर यसको केही घन्टाअघि मात्र आयोजकले आउँदो ९० दिन भित्र आयोजना गर्ने गरी प्रतियोगिता स्थगित गरेको छ । 
प्रतियोगीसँगै आयोजना सहकर्मी गरी १७ जनामा कोभिड पोजेटिभ देखिएको मिस वल्र्ड आयोजकले जनाएको छ । कोभिड १९ पोजेटिभ हुनेमा भारतकी मनसा बनारसी पनि एक थिइन् । नेपालबाट नम्रता श्रेष्ठले मिस वल्र्डमा सहभागिता जनाइरहेकी थिइन् ।

नम्रता टप ३०मा पुगेकी थिइन् भने उनले बनाएको ‘ब्युटी विथ प्रपोज’को भिडियो टप टेनमा परेको आयोजकले बताएका थिए । तर प्रतियोगिता स्थगित भएपछि सबै प्रतिस्पर्धी घर फर्कनेछन् । आयोजकले भने सबै प्रतियोगीको स्वास्थ्य जाँच गरेर रिपोर्ट नेगेटिभ भए मात्र देश फर्कन दिने बताएको छ । पोजेटिभ देखिएकालाई आयोजकले क्वारेन्टाइनमा राखेको छ । 



Author

थप समाचार
x