फेसन

नयाँ स्वरुपमा फेसियल हाउस, भवानी र पूजाले काटे केक

इकागज |
पुस ११, २०७८ आइतवार १०:४३ बजे

काठमाडौँ- विगत १४ बर्षदेखि लोेकप्रियता हासिल गर्दै संचालन भैरहेकोे ‘फेसियल हाउस’ले आफ्नोे बार्षिकोेत्सव सम्पन्न गरेको छ । नयाँ डिजाइनका साथ तयार पारिएकोे काठमाडौं मलकोे चौैथो तल्लामा अवस्थित ‘फेसियल हाउस’कै कार्यकक्षमा शनिबार भव्यताका साथ बार्षिकोेत्सव सम्पन्न गरिएकोे होे ।

बार्षिकोेत्सवमा उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नायिका पूजा शर्मा, निर्देशक शोभित बस्नेत, नायकद्धय दिकपाल कार्की र यशराज गराच पुगेका थिए । उनीहरुले, केक काट्दै फेसियल हाउसलाई शुभकामना दिए ।


नायिका पूजा शर्माले भनिन्–‘म नायिका बन्नु अगाडिदेखि नै फेसियल हाउसमा आइरहेकी छु । यहाँको सर्भिस उत्कृष्ट भएकाले पनि बारम्बार आउन मन लाग्छ ।’
यस्तै, व्यवसायी भवानी राणाले सुष्मा महराकोे मिहिनेत र ग्राहककोे विश्वास जित्न सकेकाले पनि ‘फेसियल हाउस’ १४ वर्षदेखि अगाडि बढिरहेकोे बताइन् ।

फेसियल हाउसकी संचालक सुष्मा महराले विगत  १४ वर्षदेखि आम मानिसकोे विश्वास जित्दै अगाडि बढ्न सहज नभएपनि आफूहरुले चुनौती सामना गर्दै काम गरेको बताइन् । उनका अनुसार, काठमाडौैं भित्र ३ वटा र मोेफसलमा २ वटा शाखा संचालनमा छन् ।  

फेसियल हाउसलाई नयाँ डिजाइनमा ढालेपछि सुष्माले भनिन्–‘जसरी परिवार बढेपछि बाबु–आमाले घर पनि ठूलो बनाउनुहुन्छ, हामीले पनि आफ्नोे क्षेत्रलाई फराकिलोे बनाएका छौैं । अब, फेसियल हाउसमा हामी एकैपटकमा ५५ देखि ६० जना ग्राहकलाई सेवा दिन सक्छौं ।’

बजारमा ब्युटी पार्लरकोे प्रतिस्पर्धा बढ्दैै गएपनि आफूहरुले ग्राहककोे विश्वास जितेकाले खासै फरक नपरेकोे उनको भनाइ थियो । कार्यक्रममा फेसियल हाउसमा काम गरिरहेका कर्मचारीहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएकोे थियो । 


Author

थप समाचार
x