फेसन

म्यानमार जाँदै मिसेस ग्रान्ड इन्टरनेसनल विजेता उर्मिला

इकागज |
पुस २६, २०७८ सोमबार १०:३२ बजे

काठमाडौँ- म्यानमारको माण्डलेमा हुने मिसेस ग्रान्ड इन्टरनेसनल २०२२ नेपालबाट उर्मिला उप्रेती सिलवाल सहभागी हुने भएकी छिन् । आयोजक रिबन इन्टरटेनमेन्टले शनिबार एक कार्यक्रममा उनलाई प्रतिनिधी छनोट गरेको हो । 

समारोहमा प्रमुख अतिथी नेपाली सेनाका पूर्व प्रधानसेनापती रुक्मागत कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्व निर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले क्राउन तथा स्यास पहिराएका थिए ।


जिम्मेवारी पाएपछि  २०२१ उर्मिला उप्रेती सिलवालले मिसेस ग्रान्ड इन्टरनेसनल २०२२ मार्पmत नेपाललाई विश्वसामु चिनाउने प्रयास गर्ने बताएकी थिइन् । भैरहवाकी उर्मिला केही अघि रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्डमा अन्तिम चरणसम्म पुग्न सफल भएकी थिइन् । 
 


Author

थप समाचार
x