जात्रा-पर्व

एक महिने गुँला पर्व आजबाट सुरु

इकागज |
साउन १३, २०७९ शुक्रवार ९:२८ बजे

फाइल तस्बिर

काठमाडौँ - आजबाट एक महिने गुँला पर्व सुरु भएको छ । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्हबीरूले एक महिनासम्म गुँला पर्व मनाउने गर्छन् । नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रूपमा लिइएको छ । 

वर्षभर दिवंगत भएका आफन्तको सुखावति भूवन (वैकुण्ठ) मा वास होस् भन्ने कामना गर्दै उनीहरूका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ । 


नेपाल सम्वतको नौ महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् ।


Author

थप समाचार
x