जात्रा-पर्व

मावन जगतको कल्याणका लागि काठमाडौँको बौद्धमा विशेष पूजा गरियाे

इकागज |
असोज १०, २०७९ सोमबार १८:१२ बजे

काठमाडौँ- विश्व मावन जगतको कल्याणका लागि सोमबार काठमाडौँको बौद्धमा विशेष पूजा आयोजना गरिएको छ ।

डोल्पो समाजका संस्थापक अध्यक्ष तथा साम्ये छोईलिङ गुम्वाका संस्थापक लामा गुरु निमा सम्डुक गुरुङको उपस्थितिमा विश्व मावन जगतको कल्याणका लागि विशेष पूजा आयोजना गरिएको हो । विशेष पूजामा उपल्लो डोल्पाका तीन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा जनप्रतिनिधिहरू, डोल्पो समाजका कार्यसमितिका सदस्य तथा सम्पूर्ण उपल्लो डोल्पाका गुरु, लामा र सर्वसाधारणहरूको सहभागिता रहेको थियो ।


विगत लामो समयदेखि समग्र डोल्पाको धर्म संस्कृति भेषभुषाको संरक्षण, प्रवर्द्धन तथा विकासमा योगदान गरेकाे भन्दै गुरु निमा सम्डुक गुरुङको दीर्घायु तथा सुस्वास्थ्यको कामनाका लागि समेत पूजा गरिएको र गुरुङलाई सम्मान पनि गरिएको डोल्पो समाजले जनाएको छ ।


Author

थप समाचार
x