जात्रा-पर्व

लिच्छविकालीन पचली भैरव जात्रा मनाइयाे

इकागज |
असोज १४, २०७९ शुक्रबार २०:२९ बजे

काठमाडौँ- काठमाडौँ उपत्यकाको लिच्छविकालीन पचली भैरव जात्रा शुक्रबार मनाइएको छ ।

जात्रा अन्तर्गत शुक्रबार काठमाडौँको टेकुस्थित पचली भैरवको पिठबाट पचली भैरवलाई विभिन्न स्थान लगिएको थियो । वसन्तपुरमा जीवित देवी कुमारीलाई दर्शन गराउने चलन रहेको छ । धार्मिक मान्यताअनुसार भैरव राष्ट्रका रक्षक हुन् । त्यसैले भैरवलाई देशको रक्षाका लागि क्षेत्रपालको रूपमा राखिने परम्परा छ ।


लिच्छविकालीन राजा गुणकाम देवले पनि कान्तिपुर नगर बसाउँदा राष्ट्रको रक्षाको लागि अष्टमातृकासँगै कान्तिपुर नगरको दक्षिण भेगमा क्षेत्रपालको रूपमा पचली आजुलाई स्थापना गरेको वंशावलीमा उल्लेख छ ।


Author

थप समाचार
x