जात्रा-पर्व

पोखराको सत्य युवा क्लबले नवरात्रीमा सांगितिक कार्यक्रम सम्पन्न

इकागज |
असोज १८, २०७९ मंगलबार १२:० बजे

काठमाडौँ- पोखराको सत्य युवा क्लबले कालरात्रीको अवसरमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । विगतमा जस्तै क्लबले यसपटक पनि कालरात्री महोत्सव गरेको हो ।

सांगीतिक कार्यक्रममा गायक दीपक बज्रचार्यले आफ्नो प्रस्तुती दिएका थिए । उनले पुराना तथा नयाँ गीतहरू गाएका थिए । त्यस्तै, कार्यक्रममा र्‍यापर जेनिस क्षेत्री र द ड्रिमर्ज ब्यान्डको प्रस्तुतीसमेत रहेको थियो ।


कार्यक्रममा पोखरा महानगरपालिका वडा १३ का स्थानीय गायक र्‍याप गायक जेनिस क्षेत्री, आशिष गुरुङ र खिम गुरुङलाई सम्मान गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिए ।

कार्यक्रममा क्लबका अध्यक्ष हितमान गुरुङको उपस्थितिममा र कार्यक्रम सञ्चालन क्लबका सचिव सुदीप गुरुङले गरेका थिए ।

 

 


Author

थप समाचार
x