जात्रा-पर्व

टुँडिखेलमा तमु ल्होसारकाे राैनक [फाेटाेफिचर]

अनुज बज्राचार्य |
पुस १५, २०७९ शुक्रबार १४:१६ बजे

काठमाडौं- आज  ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउँछन् ।

काठमाण्डाैंकाे टुँडिखेलमा ल्हाेसार भव्य रुपमा मनाइएकाे छ । ल्हाेसारकाे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे ।
 
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य रुपमा मनाउँछन् । पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । 


‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । 

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x