जात्रा-पर्व

थारु समूदायले यस वर्षको माघी पर्व आन्दोलनको रुपमा मनाउने

इकागज |
पुस २७, २०७९ बुधबार १५:४४ बजे

फाइल फोटो

काठमाडौँ - थारु समूदायले यस बर्षको माघी पर्वलाई काठमाडौं उपत्यका सहित देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने भएको छ । 

थारु कल्याणकारिणी सभाको थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थरुहट आन्दोलनकर्मीसंग सरकारले पटक पटक गरेको सहमति कार्यान्वयन हुन नसकेको र टीकापुर आन्दोलनका क्रममा थरुहट राजवन्दीहरुलाई सुनियोजित रुपमा झुटा मुद्दा लगाएको फसाइएको भन्दै यस बर्षको माघी पर्वलाई काठमाडौं उपत्यका सहित देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने जनाएको हो ।


माघी पर्वका अवसरमा माघ १ गते काठमाडौंको टुँडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरिएको आयोजकले समितिले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रममा बिविध थारु सांस्कृतिक प्रस्तुती, थारु खानपीन, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगाएतका प्रस्तुती हुने थारु कल्याणकारिणी सभाका सदस्य सचिव कानुलाल चौधरीले जानकारी दिए । 

त्यसअघि बिहान थारु संस्कृति, भेषभूषा बाजागाजासहित काठमाडौंको बसन्तपुरमा भेलाभई झाँकी र्याली प्रदर्शन सहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । 


Author

थप समाचार
x