जात्रा-पर्व

सुरु भयो होली

हनुमानढोकामा तीनतले चीर ठड्याइयो

इकागज |
फागुन १५, २०७९ सोमबार १०:४६ बजे

काठमाडौँ - काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमबार) तीनतले चीर ठड्याइएको हो ।  तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मान्ने गरिन्छ । 

आज बिहान ७:४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन् । आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ । 


चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको बताए । उनले चीर ठड्याइसकेपछि विधिवत रूपमा होलदी पर्व सुरु भएको मानिने बताए ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।
 


Author

थप समाचार
x