जात्रा-पर्व

टुँडिखेल र पाटनमा यस्ताे देखियाे घाेडेजात्रा (फाेटाेफिचर)

इकागज |
चैत ७, २०७९ मंगलबार १७:३० बजे

काठमाडौं । घोडेजात्राको अवसरमा काठमाडौंमा विशेष प्रदर्शनी भएको छ । पाटनमासमेत याे पर्व मनाइएकाे छ ।

प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएकाे हो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।


पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनैपनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास छ ।

टुडिखेलमा आयोजित विशेष समारोहमा घोडाका बिभिन्न खेललगायत विशेष प्रदर्शनी भएको हो ।

टुडिखेलकाे समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको विशेष उपस्थिति रहेको थियो ।

 


Author

थप समाचार
x