जात्रा-पर्व

आज सिथि नखः पर्व, पानीका स्राेत सफा गर्दै नेवाः समुदाय (फाेटाेफिचर)

अनुज बज्राचार्य |
जेठ ११, २०८० बिहिवार ९:५३ बजे

काठमाडौं– नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदैछन् । यो नेवार समुदायले वर्षायामअघिको अन्तिम चाड हो ।

सिथि नखःको दिन मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोतहरुको सरसफाइ गर्ने गरिन्छ । यो पर्व जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाइन्छ ।


हिउँदमा सुकेको वा पुरिएको पानीको मुललाई वर्षायाममा खुलाउनका लागि पानीको मुलको सफाइ गरिनु यो पर्वको विशेषता हो । वर्षामा भेल बनेर आउने पानी मुलमा मिसिएर दूषित नहोस् भन्ने मान्यताले पनि पानीको स्रोत यो पर्वमा सफा गरिन्छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x