जात्रा-पर्व

जनकपुरधामकाे राजदेवीमा १४ हजारभन्दा बढी बलि प्रदान

इकागज |
असोज २८, २०७८ बिहिवार ९:३३ बजे

जनकपुरधाम - जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा १४ हजारभन्दा बढी बलिप्रदान गरिएकाे छ । पुजा व्यवस्थापक महावीर युवा कमिटीका अनुसार यसवर्ष राजदेवी मन्दिरमा १४ हजार २९१ बोकाको बलि दिइएको हो ।

निशा पूजा सम्पन्न भएलगत्तै बोकाबलिका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो भने प्रत्येक ठेहामा १० जनाको समूहमा स्वयंसेवक परिचालित गरी प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको कमिटीका अध्यक्ष बलराम साहले जनाएकाे छ ।


उनका अनुसार राति ८ बजेर ५ मिनेटदेखि सुरु भएको बलिप्रदानको कार्यक्रम बिहान ३ बजेर ३८ मिनेटसम्म चलेको थियो । बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू बुधबार दिउँसैदेखि लाइनमा लागेका थिए । बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरेको थियो । गत वर्ष कोरोना महामारीका कारण राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाको बलि दिइएको थियो ।


Author

थप समाचार
x