जात्रा-पर्व

छठ पर्व : जनविश्‍वास र वैज्ञानिक तथ्‍य

सुभाष कर्ण |
कात्तिक २४, २०७८ बुधबार १०:४७ बजे

जनकपुरधाम - छठ पर्वलाई आस्था एवं निष्ठाका पर्वको रूपमा लिइन्‍छ । मिथिलाञ्चलसहित पछिल्‍लो समय तराई, मधेश र पहाडमासमेत छठ मनाउन थालिएको छ ।सूर्य उपासना छठको महत्वपूर्ण पक्ष हो । हुनत छठमा षष्ठी देवीको पूजाअर्चना हुने गरेको पनि भनिन्छ । तर छठ पूजामा सूर्य उपासनालाई प्रमुख मानिन्‍छ । किनकी पहिलो दिन अस्ताउँदो सूर्य र दोश्रो दिन उदाउँदो सूर्यलाई षष्ठी देवीको नामले अर्घ्‍य दिइन्‍छ ।

छठ पर्व धार्मिक महत्‍वको पर्व मात्र नभइ सूर्य उपासना गर्दा वैज्ञानिक आधारले पनि मानव जीवनको लागि लाभदायी छ । सूर्य उपासनाले चर्मरोग निको हुने र बाँझोपन समस्या दूर हुने जनविश्वास छ ।


धार्मिक आस्थाअनुसार छठ पूजा गर्नाले षष्ठी देवी र सूर्यदेवको कृपाले चर्मरोग, बाँझोपनबाट उन्मुक्ति र परिवारमा सुख शान्ति आउँछ भन्‍न मान्यता छ । छठ पूजा गर्दा नि:सन्‍ताहरूले सन्‍तान पाएँछन् भन्ने पनि जनविश्‍वास छ । तर, छठ पूजा गर्दा बाँझोपन हट्‍ने कुनै वैज्ञानिक/चिकित्‍सकीय आधार फेला परेको छैन । 

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रामनरेश पण्डित उपवास र साँझ तथा बिहान स्नानसहित छठ पूजा गर्दा सन्तान जन्माउन योग्य बनाउँछ भन्ने कुराको स्वास्थ्य विज्ञानसँग कुनै सम्‍बन्‍ध नभएको बताउँछन् । तर, धार्मिक विश्‍वाशले मानिसमा आत्मविश्‍वास भने बढाउने उनको भनाइ छ । 

जनकपुरधामका वरिष्ठ चिकित्सक डा. विजयकुमार सिंहले सूर्य उपासनाले चर्मरोग निको हुने धार्मिक मान्यता मात्र नभई वैज्ञानिक कारण पनि भएको बताए । तर त्यो छठ पूजाको एक दिनको प्रक्रियाले मात्रै सम्भव नहुने उनको भनाइ छ । 'सूर्य चिकित्सा पद्धति नै छ । जसमा चर्मरोग मात्र नभई अन्य रोगहरूबाट पनि निदान हुन्छ,' उनले भने । 

चर्मरोगको विभिन्न प्रकारमध्ये कुष्टरोग (ल्याप्रोसी), रातो धब्बासहितको छालारोग (सोरियासिस) र सेतो दाग (ल्युकोडर्मा) हुन् । यी चर्मरोगहरू छठको बेला अर्थात सूर्यको रातो किरण समान रूपमा पर्ने समयमा स्नान गर्दा निको हुने विश्‍वास छ । 

विज्ञानमा सूर्य चिकित्सा

सूर्यमा हाइड्रोजन, हिलियम, आइरन, निकेल, अक्सिजन, सिलिकन, सल्फर, मैग्निसियम, कार्बन, नियोन, कैल्सियम, क्रोमियमलगायतका तत्व हुन्छन् र त्यसबाट सात रंगको किरण उत्पन्न हुन्‍छ। ती किरणहरू शारिरीक उपचार र जीव विकास क्रमको प्रमुख द्योतक हुन्।

सूर्य चिकित्साको सिद्धान्तअनुसार रोगोत्पत्तिका कारण शरीरमा रहेका विभिन्न रंगहरूको उतार चढाव हो । सो चिकित्साअनुसार रंगहरूको शरीरमा विभिन्न कार्य छन् । त्यही बढी कमी भएपछि विभिन्न रोगहरू लाग्ने गर्छ । उदाहरणका लागि रातो रंग उत्तेजना र नीलो रंगले शक्ति उत्पन्न गर्छ ।

इण्डियन मेडिकल एसोसिएशनका पूर्व सचिव डा. अजय सहगलकाअनुसार सूर्यको किरणमा रहेका सात रंग अर्थात पराबैगनीले विभिनन रोगको किटानुलाई नष्ट पारी स्वस्थ्य जीवन प्रदान गर्छ । वैज्ञानिक तथ्यअनुसार जुन व्यक्ति सूर्योदय वा सूर्यास्तको समयमा रातो किरणको सेवन गर्छन् । त्यसलाई हृदय रोगबाट निको पार्छ र त्यो समयमा पृथ्वीमा सामान रुपले किरण परेको बेला स्नान गर्दा चर्मरोगमा रहेका वैक्टेरिया नष्ट पारी निको बनाउँछ ।

उनकाअनुसार सूर्यको रातो किरणले पिलिया रोगबाट पनि उन्मुक्ति पाउने गरिन्छ । उनले गरेको सोध अनुसार जन्मिने अधिकांश बच्चा पिलिया रोगबाट ग्रसित हुन्छ । त्यसको उपचार स्वरुप सूर्योदयको बेला पर्ने किरण शरीरमा पर्ने गरी सुताउने गरिन्छ । जसले अल्ट्रा वायलेट किरणहरू शरीरमा पर्दा पिगमेन्ट सेल्स पर रासायनिक प्रतिक्रिया प्रारम्भ भी पिलीया समाप्त पार्छ । डाक्टरहरूले पनि जन्मिने बेलामा कृत्रिम अल्ट्रावायलेट किरणयुक्त लैम्पमा बालेर राख्ने गर्छन् । त्यसको अर्को उदाहरण हुन शिशुलाई बिहान पख तेल लगाएर सूर्योदयको बेला सूर्य किरण पर्ने गरी सुताइन्छ । यो प्रक्रियाले शिशुको त्वचा सख्त र हाड मजबूत हुन्छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x