जात्रा-पर्व

३६ वर्षपछि अमेरिकाबाट फिर्ता आएकाे लक्ष्मी नारायणकाे मूर्ति प्रतिस्थापन

इकागज |
मंसिर १८, २०७८ शनिबार १६:२७ बजे

काठमाडौँ - २०४२ सालमा चोरी भएर अमेरिकाको टेक्सस पुर्‍याइएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्तिलाइ पहिलेकै मन्दिरमा प्रतिस्थापन गरिएको छ । 

शनिबार ललितपुरको पट्को टोलमा बाजागाजा र पूजाअर्चनासहित मन्दिरमा प्रतिस्थापन गरिएको हो ।


गएको चैत्र अन्तिम साता लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट नेपाल फर्काइएको थियो भने त्यसलगतै  अमेरिकी दूतावासले मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

 मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा रहेको पाइएपछि नेपाल फर्काउन पहल गरिएको थियो । 


Author

थप समाचार
x