जात्रा-पर्व

कैलालीको गोदावरी धाममा माघ स्‍नान गर्ने तिर्थालुको भीड

इकागज |
माघ १, २०७८ शनिबार १०:५७ बजे

कैलाली - शनिबार बिहानै कैलालीको गोदावरी धाममा माघ स्नान गर्ने तिर्थालुको भीड लागेको छ । तेस्रो लहरको कोभिड महामारी कारण गोदावरीमा भव्य मेला नलागे पनि स्नान गर्न आउनेको भिड लागेको हो ।


हरेक ६ वर्षमा लाग्ने अर्ध कुम्भ मेला भने यो वर्ष कोरोना माहामारीको कारण स्थगित गरिएको छ । माघको पहिलो दिन अर्थात आज गोदावरीमा कैलाली,कञ्चनपुर सहित पहाडी जिल्लाहरूबाट ठूलो सँख्यामा श्रद्धालुहरू गोदावरीमा पुगेका छन् ।

त्यस्तै डडेल्धुराको भित्री मधेश जोगबुडामा अवस्थित परशुराम धाममा समेत भक्तहरूको भिड लागेको छ । डडेल्धुरालगायत, कैलाली, बैतडी, डोटीबाट समेत अघिल्लो दिन देखिनै भक्तजनको भिड लागेको हो ।

 


Author

थप समाचार
x