अर्थ / बाणिज्य

१३ देशका एक मात्रै अर्बपति : जसको सम्पत्ति देशको जीडीपीभन्दा धेरै छ

इकागज |
कात्तिक १, २०७७ शनिबार ७:३० बजे

काठमाडौं । फोर्ब्स म्यागजिनले सन् २०१९ मा विश्वभर दुई हजार एक सय ५३ अर्बपतिहरु रहेको जनाएको छ । फोर्ब्सका अनुसार धनाढ्यहरु खासगरी अमेरिका, चीन, जर्मनी, रुस र बेलायतमा रहेका छन् । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र संयुक्त राज्य अमेरिकामा सात सय पाँच अर्बपतिहरु छन् । संसारकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा दुई सय ८५ अर्बपतिहरु छन् भने जर्मनीमा एक सय ४६ अर्बपति रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

नेपालसहित १३ देशमा भने एक जनामात्र अर्बपति छन् । एकमात्र अर्बपति भएका केही मुलुकका अर्बपतिसँग देशकै जीडीपीभन्दा पनि धेरै सम्पत्ति छ । तिनैमध्यका एक हुन-एस्वाटीनीका अर्बपति नाथन क्रिश । एक्वाटीनीको अर्थतन्त्रभन्दा उनको सम्पत्ति ६० करोड डलर बढी अर्थात् देशको अर्थतन्त्रको आकारको १ सय १२ प्रतिशत सम्पत्ति छ । लिक्टीस्टाइनका अर्बपति क्रिस्टोफ जेलरको सम्पत्ति देशको अर्थतन्त्रको झण्डै आधा अर्थात् ४८.२ प्रतिशत छ ।


फोर्ब्स म्यागजिनमा सूचीकृत नेपालका एकमात्र अर्बपति विनोद चौधरीसँग १ अर्ब ७० करोड अमेरिकी डलर सम्पति छ । जुन नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) अर्थात् अर्थतन्त्रको ५.९ प्रतिशत हो । चौधरीलाई फोर्ब्सले सन् २०१३ मा पहिलोपटक अर्बपतिका रुपमा सूचीकृत गरेको थियो । त्यतिबेला उनको सम्पत्ति एक अर्ब अमेरिकी डलर थियो । ६ वर्षको अन्तरालमा उनको सम्पत्ति ७० करोड अमेरिकी डलरले वृद्धि भएको थियो । मुलुकमै एकमात्र अर्बपति रहेका १३ देशका अर्बपतिमध्ये अन्यमा अल्जेरियाका अर्बपति इसाद रेब्राबसँग तीन अर्ब ८० करोड डलर अर्थात् अल्जेरियाको अर्थतन्त्रको २.१ प्रतिशत  सम्पत्ति छ । अल्जेरियाको केभिटल नामक कम्पनीका मालिक इसादको विश्वको सबैभन्दा ठूलो चिनी प्रशोधन उद्योग रहेको छ । केभिटलले इटलीमा स्टील मिल, फ्रान्समा अप्लायन्स उत्पादन र जर्मनीमा पानी शुद्धीकरण कम्पनी सञ्चालन गरेको छ ।

नेपाली अर्बपति विनोद चौधरीसँग एक अर्ब ७० करोड अमेरिकी डलर सम्पत्ति छ । जुन नेपालको जीडीपीको ५.९ प्रतिशत हो । उनको सीजी कर्प ग्लोबल अन्तर्गत विभिन्न कम्पनीहरु छन् । जसमध्ये लोकप्रिय वाइवाइ चाउचाउ स्थापित ब्राण्ड हो । उनको कम्पनीको ३० वटा होटलमा स्वामित्व छ भने ५५ वटा होटलको व्यवस्थापन गर्दै आएको छ । उनलाई व्यवसायमा दुई छोराले सहयोग गर्दै आएका छन् ।

दक्षिण अफ्रिकी राष्ट्र अंगोलाकी एकमात्र अर्बपति हुन्-इसाबेल दोस सान्तोस । उनी अंगोलका पूर्व राष्ट्रपति जोसे एडुअर्दो दो सान्तोसकी जेठी छोरी हुन् । सान्तोसको राष्ट्रपतिकालमा उनले अंगोलामा बैंक र टेलिकमको स्वामित्व लिएकी थिइन् । उनीसँग २ अर्ब २० करोड डलर अर्थात् अंगोलाको अर्थतन्त्रको २ प्रतिशत सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ । जर्जियाका विद्जिना इभनीश्वीली ४ अर्ब ९० करोड अमेरिकी डलर सम्पत्ति छ । उनको सम्पत्ति जर्जियाको जीडीपीको ३०.२ प्रतिशत छ । उनले रुसमा मेटल र बैंकिङ क्षेत्रमा लगानी गरेका छन् । सन् २०१२ देखि सन् २०१३ को बीचमा उनी १३ महिना जर्जियाको प्रधानमन्त्री रहेका थिए । बियोलल्बा दो बियोगल्बासन आइसल्याण्डका एकमात्र अर्बपति हुन् । फोर्ब्सका अनुसार उनीसँग २ अर्ब २० करोड अमेरिकी डलर सम्पत्ति छ । जुन उनको देशको अर्थतन्त्रको ८.५ प्रतिशत हो । उनले रुसमा बियर उत्पादन गर्छन् । उनले क्रिप्टोकरेन्सीमा (भर्चअल मुद्रा) का साथै पोल्याण्ड र चिलीमा टेलिकममा लगानी गरेका छन् । उनले ज्वीफ्ट, बिम अप, डेलिभेरो जस्ता स्टार्ट अपमा लगानी गरेका छन् । सन् २००८ को आर्थिक मन्दीका कारण उनी टाट पल्टिने अवस्थामा थिए । त्यतिबेला उनले १ अर्ब डलरभन्दा बढी ऋण तिर्नुपर्ने अवस्था थियो ।

पश्चिम एसियाली राष्ट्र कुवेतका कुताइबा अल्घानिम त्यहाँका एकमात्र अर्बपति हुन् । यी कुवेती नागरिकसँग १ अर्ब ४० करोड डलर सम्पत्ति छ, जुन कुवेतको कुल गार्हस्थ उत्पादनको ०.९ प्रतिशत हो । अल्घानिम उनको पिताले सन् १९३० मा शुरु गरेको अल्घानिम इण्डस्ट्रीज नामक कम्पनीका अध्यक्ष हुन् । उनको कम्पनीले कुवेतमा जनरल मोटर्सद्वारा उत्पादीत फोर्ड गाडीको व्यापार गर्छन् । त्यस्तै उनको कम्पनीले पश्चिम एसियाली देशहरुमा वेण्डीज्का चेन रेष्टुराँ सञ्चालन गर्छ । युरोपेली राष्ट्र लिक्टीस्टाइनका अर्बपति क्रिस्टोफ जेलरको सम्पत्ति देशको अर्थतन्त्रको झण्डै आधा अर्थात् ४८.२ प्रतिशत छ । उनको नेटवर्थ ३ अर्ब अमेरिकी डलर छ । उनी आइभोकलार भिभाडेन्ट एजी नामक कम्पनीमार्फत् डेन्टल प्रडक्टहरुको व्यापार गर्छन् । व्यापारका लागि उनको कम्पनीले २५ देशमा कार्यालय सञ्चालन गरेको छ । उनको हजुरबुबाले सन् १९४८ मा यो कम्पनी किनेका थिए । जेलरले सन् १९९० देखि २००३ सम्म यस कम्पनीको सीईओ भएर काम गरे । अहिले उनी सञ्चालक समितिका सुपरिवेक्षक सदस्य छन् ।

फोर्ब्सका अनुसार नेपाली अर्बपति विनोद चौधरीसँग एक अर्ब ७० करोड अमेरिकी डलर सम्पत्ति छ । जुन नेपालको जीडीपीको ५.९ प्रतिशत हो । उनको सीजी कर्प ग्लोबल अन्तर्गत विभिन्न कम्पनीहरु छन् । जसमध्ये लोकप्रिय वाइवाइ चाउचाउ स्थापित ब्राण्ड हो । उनको कम्पनीको ३० वटा होटलमा स्वामित्व छ भने ५५ वटा होटलको व्यवस्थापन गर्दै आएको छ । उनलाई व्यवसायमा दुई छोराले सहयोग गर्दै आएका छन् । पोर्चुगलका एकमात्र अर्बपति मारिया फर्नाण्डा एमोरिमको ४ अर्ब ९० करोड अमेरिकी डलर अर्थात् पोर्चुगलको अर्थतन्त्रको २ प्रतिशत सम्पत्ति छ । उर्जा र बैंकिङ क्षेत्रमा लगानी उनको तेल र ग्यास कम्पनी गाल्प इनर्जिया नामक कम्पनीमा उनको १८ प्रतिशत हिस्सा रहेको छ ।

त्यस्तै कतारका अर्बपति फैसल बिन कसिम अल थानीको १ अर्ब २० करोड अमेरिकी डलर अर्थात् कतारी अर्थतन्त्रको ०.६ प्रतिशत बराबर सम्पत्ति छ । उनको अमेरिकादेखि लण्डनसम्म होटलहरु सञ्चालनमा छन् । उनको आमाल नामक कम्पनीमा बहुसंख्यक सेयर छ । आमाल चिकित्सा उपकरण, औषधीको आपूर्ति गर्दै आएको छ भने कतारमा रियलस्टेटमा पनि यस कम्पनीको लगानी छ । अमेरिकाको राजधानी सहर वासिंगटन डिसीस्थित सेन्ट रेगिस होटल र लण्डनस्थित मियामी होटल सञ्चालनमा छन् । अल थानीले १६ वर्षको उमेरमा कतारको राजधानी दोहामा १६ वर्षमा कारका पार्टहरु बिक्री गर्थे । उनी सन् १९६० मा ब्रिजस्टोन टायरको एकल आधिकारिक बिक्रेता थिए । कतारमा धेरै अर्बपतिहरु रहेको विश्वास गरिन्छ । तर अर्बपति कतारीहरु फोर्ब्समा सूचीकृत हुन इच्छुक देखिन्नन् ।दक्षिणपूर्वी युरोपेली राष्ट्र रोमानियाका नागरिक आयन टिरियाकसँग  १ अर्ब १० करोड अमेरिकी डलर सम्पत्ति छ । बैंकिङ र बीमा व्यवसायमा संलग्न उनको सम्पत्ति रोमानियाको अर्थतन्त्रको ०.४ प्रतिशत हो ।

एस्वाटीनीका अर्बपति नाथन क्रिश । एक्वाटीनीको अर्थतन्त्रभन्दा उनको सम्पत्ति ६० करोड डलर बढी अर्थात् देशको अर्थतन्त्रको आकारको ११२ प्रतिशत सम्पत्ति छ । विभिन्न देशमा रिटेल, रियलस्टेटमा लगानी गरेका उनको नेटवर्थ ५ अर्ब ३० करोड अमेरिकी डलर छ । पूर्वी अफ्रिकी राष्ट्र तान्जानियाका एकमात्र अर्बपति हुन्-मोहम्मद द्वेजी । उनीसँग टेक्सटाइल, मैदा मिल, वेभरेज, खाने तेलका फ्याक्ट्री अफ्रिकाका ६ देशमा छन् । द्वेजी उनका पिताले सन् १९७० मा स्थापना गरेको मेटल नामक कम्पनीका सीईओ हुन् । उनको खुद सम्पत्ति १ अर्ब ९० करोड अमेरिकी डलर छ, जुन तान्जानियाको जीडीपीको ३.३ प्रतिशत हो ।

बेलगाम मुद्रास्फितिका कारण हालसालै ठूलो आर्थिक संकट व्यहोरेको दक्षिणी अफ्रिकी राष्ट्र जिम्बाबेका एकमात्र अर्बपति हुन्- स्ट्राइभ मेसियिवा । उनको दूरसञ्चार व्यवसायमा लगानी छ । उनीसँग २ अर्ब ८० करोड खुद सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ । जुन जिम्बाबेको कुल गार्हस्थ उत्पादनको ९ प्रतिशत हो । अफ्रिकाभरका टेलिकमलाई स्याटलाइट र फाइबर अप्टिक सेवा उपलब्ध गराउने लिक्विड टेलिकम नामक निजी कम्पनीमा उनको आधाभन्दा बढी सेयर स्वामित्व रहेको छ । 


Author

थप समाचार
x