अर्थ / बाणिज्य

‘अर्थतन्त्रका समस्या रातारात आएका होइनन्, संरचनागत समस्या सम्बोधन गरौं’

इकागज |
जेठ ५, २०७९ बिहीबार १४:१ बजे

काठमाडौँ– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले अर्थतन्त्रका संरचनागत समस्या समाधान गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने बताएका छन् । बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा संसदमा बोल्दै रिजालले हरेक अर्थतन्त्रमा उत्पादन महत्वपूर्ण हुने बताए । 

‘हाम्रो अर्थतन्त्रमा उत्पादनको आधार मासिदैं गएको छ, अग्र र पृष्ठ सम्बन्ध (ब्याकवार्ड र फरवार्ड लिंकेज) सहितको उत्पादन प्रणाली कसरी विकास गर्ने भन्ने बारेमा सोचौं,’ उनले भने, ‘काल्पनिक कुरा जति पनि गर्न सकिन्छ । हाम्रो धरातलीय यथार्थ अर्कै छ । कसैले पनि आयात कम भएर एक–दुई सय अर्ब राजस्व कम भएपनि होस्, मुलुकमै उत्पादन बढाउनेतर्फ जान्छौं भनेर कसैले भन्दैन ।’


रिजालले सार्वजनिक ऋण पनि रातारात नबढेको बताए । बजेटलाई अर्थतन्त्रको उत्पादनशील क्षमता विकास हुनेगरी कार्यान्वयन गर्नुपर्ने भन्दै उनले विगतमा धरातीय यथार्थ बेगरका राजगमार्गमा जहाज अवतरण गराउनेदेखि पानी जहाज र रेलमार्ग निर्माण गर्ने र त्यसलाई हेर्न भ्यूटावर बनाउने कार्यक्रम आएको भन्दै उनले व्यंग्य गरे । 
 


Author

थप समाचार
x