अर्थ / बाणिज्य

सामान्य अंकले घट्यो नेप्से, ९१ लाख कित्ता सेयर किनबेच

इकागज |
चैत १६, २०७७ सोमवार १५:१२ बजे

काठमाडौं : सेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । ५ दशमलव ४५ अंकले घटेर नेप्से २५४३ दशमलव ५२ बिन्दुमा पुगेको हो । हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहमा १ दशमलव ०७ प्रतिशतले वृद्धि भएको छ ।

उन्‍नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य कित्तामा २५१ रुपैयाँले बढेर सर्किट ब्रेकर लागेको छ । अजोड इन्‍स्योरेन्स, महिला लघुवित्त र समीट लघुवित्तको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।


सोमबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ६४ हजार ५१५ पटकको कारोबारमा ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल इन्‍फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार भएको छ । बैंकको ४४ करोड ३१ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ । अपर तामाकोशीको ३८ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 


Author

थप समाचार
x