अर्थ / बाणिज्य

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढ्यो

इकागज |
जेठ ८, २०७९ आइतबार २१:१६ बजे

काठमाडौँ – नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएकाे छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको हाे ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।


त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।


Author

थप समाचार
x