अर्थ / बाणिज्य

भाटभटेनी सुपरमार्केटले धनगढीमा स्टाेर विस्तार गर्दै

दीपक उपाध्याय |
जेठ १२, २०७९ बिहिवार १८:१५ बजे

कैलाली - नेपालकै ठूलो चेन सुपर मार्केट भाटभटेनी सुपरमार्केटले जेठको अन्तिम साताबाट आफ्नो २३ औं स्टाेर सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुभारम्भ गर्ने भएकाे छ। भाटभटेनीको २३ औं स्टोरको रुपमा आगामी जेठ २७ गते औपचारिक रुपमा समुद्घाटन हुने भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङले देशभर स्टोर विस्तार अभियानमा रहेको भाटभटेनीले काठमाडौ लगायत देशका विभिन्न स्थानहरुमा २२ वटा स्टोर सञ्चालनमा ल्याइसकेको बताउँदै नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले भाटभटेनीको सेवा विस्तार गरिएको बताए । उनले सेवा विस्तारसँगै करिब २ सय जनालाई प्रत्यक्ष रोजगारी समेत दिइएकाे छ ।


स्टोरमा २ अर्ब बढी लागत रहेको बताउदै अध्यक्ष गुरुङले स्वदेशमै सहज र शुलभ मूल्यमा अन्तराष्ट्रिय स्तरको सपिङ सेवा उपलब्ध गराउनुका साथै धेरै युवाहरुलाई स्वरोजगार बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिए । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा १७ कट्ठा क्षेत्रफलमा स्टोर निर्माण गरिएको र अण्डरग्राउण्डसहित ६ तल्लाको भवन रहेको अध्यक्ष गुरुङले बताए ।

स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेल सामाग्री, विभिन्न ब्राण्डका लुगाकपडाका सातै इलेक्ट्रोनिक सामानहरु पाइनुका साथै अन्तराष्ट्रिय स्तरको क्यू यू फर्निचर, पेपे पिज्जा, मल्टिप्लेक्स सिनेमा हल लगायतका सुविधाहरु रहने व्यवस्थापक विनोद भट्टराईले बताए । स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत छुटसँगै फ्रि होमडेलिभरी सुविधा रहेको व्यवस्थापक भट्टराईले बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x