अर्थ / बाणिज्य

हुलाकी राजमार्गका १३ प्याकेजका सडक निर्माण सम्‍पन्‍न

इकागज |
चैत १८, २०७७ बुधबार १८:३६ बजे

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा निर्माणाधीन हुलाकी राजमार्गअन्‍तर्गत १४ वटा प्याकेजमध्ये १३ प्याकेजमा सडक निर्माण सम्पन्‍न भएका छन् । भारतीय राजदूत र भौतिक पूर्वाधार र यातायात मन्त्रीले संयुक्त रुपमा समर्पित गरेका हुन् ।

यी हालै निर्माण सम्पन्‍न भएका सडकले मानिसहरुको यात्रा तथा आवागमनलाई थम आरामदायी र सहज बनाएको भारतीय दूतावासले बताएको छ । तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्‍‍नति गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको हो जुन भारत सरकारको ८ अर्ब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुनेछन् ।

यी सडकहरुलाई हुलाकी राजमार्गको नामले पनि चिनिन्छ र यी सडकहरुले पूर्व-पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरुलाई भारत-नेपाल सीमासँग पनि जोड्दछन् । नेपालको प्रदेश नम्बर १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरुले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप-महानगरपालिका र एक महानगरपालिकाका जनताहरुलाई जोड्न सघाउ पुर्‍याएको छ ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, उप-सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, हुलाकी राजमार्ग निर्देशनालयका परियोजना निर्देशक रोहित कुमार बिसुराल र भारतीय राजदूतावासका परियोजना प्रभागका प्रमुख प्रफुल्लचन्द्र शर्मा कार्यक्रममा उपस्थित थियो । 

सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप यी दश सडकहरुको निर्माण गरिएको हो । प्रत्येक सडकमा सात मिटर कैरियज वे र सडकको दुवै तर्फ दुई मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ्ग सहितको पदमार्ग, सडक चिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ । यस परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटि अनुरुप यो परियोजनाको कार्यान्वयन भएको छ । ठेक्का उद्देश्यका लागि यी १० सडकहरुलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो । यी सडकहरुको निर्माण हेतु सन् २०१६ अक्टोबर देखि सन् २०१७ नोभेम्बरसम्मको अवधिमा सडक विभागले १४ वटा ठेक्का हस्तान्तरण गरेको थियो ।  यी सडकहरुको निर्माणका लागि विशेष विवरणहरु सडक विभागले तयार पारेको विस्तृत परियोजना विवरणमा समावेश गरिएको छ । यस परियोजनाका लागि भारत सरकारको परामर्शदाताको रुपमा राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेडलाई चयन गरिएको थियो ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका तराई सडक परियोजनाले नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्‍नति गर्न ठूलो सहयोग पुर्‍याउनुका साथै दुई देशका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्‍लेख छ यी हुलाकी सडकले हालै भारतले नेपालमा निर्माण सम्पन्न गरेका र निर्माणाधीन अन्य प्रमुख सीमा पूर्वाधारहरु जस्तै वीरगञ्ज र विराटनगरमा अवस्थित एकीकृत चेक पोष्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोगमै भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ र यस परियोजनलाई सञ्चालनमा ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारी अवस्थामा छ । यस सम्बन्धमा दुवै पक्षले यात्रुवाहक रेललाई सञ्चालनमा ल्याउन अन्तिम तयारी गरिरहेको छ ।

सडकको नाम

            लम्बाई (किमि)

            जिल्ला

मनमत—कलैया—मटियर्वा प्याकेज १

१५.००   

बारा

मनमत—कलैया—मटियर्वा प्याकेज २

११.६६   

बारा

बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर प्याकेज १

१७.००   

धनुषा

बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर प्याकेज २

१५.३१   

धनुषा

जनकपुर— यदुकुहा

१६.६३   

धनुषा

माइस्थान—गौशालाबजार—सम्शी     

२६.९४   

महोत्तरी

जलेश्वर—हर्दी       

२७.२६  

महोत्तरी

लमही—कोइलाबास

३३.४७  

दाङ

कानेपोखरी—रङ्गेली

२५.४०   

मोरङ्ग

कल्याणपुर—बरसाइ—सुभ्रानपट्टी

१७.२८   

सप्तरी

तामागढी—सिम्रौनगढ प्याकेज १

२०.००   

बारा

तामागढी—सिम्रौनगढ प्याकेज २

१९.७४५ 

बारा

बीरगंज—ठोरी प्याकेज १    

२५.६०   

पर्सा

बीरगंज—ठोरी प्याकेज २    

३०.००   

पर्सा


Author

थप समाचार
x