अर्थ / बाणिज्य

गण्डकी प्रदेशको बजेट ३५ अर्ब

धनबहादुर गुरुङ |
असार १, २०७९ बुधवार १७:३० बजे

पाेखरा- गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट पेश गरेका छन् । बुधबार प्रदेश सभाको बैठकमा उनले ३५ अर्व ९० कराेड ९० लाखकाे बजेट पेश गरेका हुन् ।

चालू आर्थिक वर्ष भन्दा बजेट करिब ६ अर्ब बढेर आएको उनले बताए । अर्थमन्त्री बरालका अनुसार चालुतर्फ १३ अर्व २६ करोेड र पुँजीगततर्फ २२ अर्व १४ करोेड बजेट ल्याइएको हो । आन्तरिक खर्च हुन नसकेको रकम, आन्तरिक ऋण र आन्तरिक स्रोतबाट बजेटको आकार बढाइएको हो ।


सरकारको आफ्नो कार्यकालमा ल्याउने यो नै अन्तिम बजेट हो । बजेटले कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गण्डकीमा १२ वटा मन्त्रालय छन् ।


Author

थप समाचार
x