अर्थ / बाणिज्य

प्रिमियम मूल्यमा रु रु जलविद्युतको आइपिओ खुल्यो, तीन वर्ष लगातार नाफामा

इकागज |
चैत २०, २०७७ शुक्रबार १२:३५ बजे

काठमाडौं : रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण सेयर (आइपिओ) खुलेको छ । एक सय रुपमा २० रुपैयाँ थप गरी प्रिमियम मूल्यमा आइपिओ निष्काशन गरेको हो ।

कम्पनीको जारी पूँजी ४० करोड ७७ लाख ५ हजार ४ सय रुपैयाँ छ । जसमध्ये ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो ।


जारी पूँजीको २० प्रतिशत अर्थात् ८ लाख १५ हजार ४११ कित्तामध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँट गरिएको छ । ८ हजार १ सय ५४ कित्ता कर्मचारीहरूलाई छुट्याइएको छ भने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित राखिएको कम्पनीले जानकारी दिएको छ ।

यो आयोजनाको कूल लागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ छ । पछिल्‍लो ३ वर्षमा कम्पनी नाफामा रहेको तथ्यांकले देखाउँछ ।


Author

थप समाचार
x