अर्थ / बाणिज्य

सामान्य घट्यो नेप्से, कारोबार ७ अर्ब २६ करोड

इकागज |
चैत २५, २०७७ बुधबार १५:५४ बजे

काठमाडौं : सेयर बजारको परिसूचक नेप्सेमा २.८५ अंकले सामान्य घटेको छ । ०.११ प्रतिशतले घटेपछि नेप्से २६७१.६१ बिन्दुमा कायम भएको छ। मंगलबार २६७४ अंकमा रहेर नेप्से ऐतिहासिक रेकर्ड कायम गरेको थियो। बुधबार भने सामान्य गिरावट आएको हो । करिब १ बजे २६९२ अंकसम्म पुगेको नेप्से घट्न थालेको थियो ।

बैंकिङ समूह ५.२३ अंकले बढ्यो ।  होटल तथा पर्यटनमा २३२ अंकको वृद्धि भयो । विकास बैंक ४० र माइक्रोफाइनान्स १०७ अंकले बढेका छन् । व्यापार १६३, जलविद्युत ३३, निर्जीवन बीमा २०१, उत्पादन ८०, अन्य १८ र लगानी समूह १ अंकले घटेको छ ।


पाँच कम्पनीको मूल्य करिब ९ प्रतिशतभन्दा बढी अंकले बढेको छ। महिला लघुवित्त, चन्द्रागिरि हिल्स, एनआइसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावरको मूल्यमा उच्‍च वृद्धि रह्यो ।

आजको वृद्धिपछि महिलाको मूल्य प्रतिकित्ता ९२५, चन्द्रागिरिको २५७८, एनआइसी एसिया लघुवित्तको १२७८, रिलायन्सको २७९, युनिभर्सलको १८१ रुपैयाँ कायम भएको छ ।

कुल ७ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार ७ अर्ब ४७ करोडको कारोबार भएको थियो । ७६ हजार ५९१ पटकको कारोबारमा १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को भयो । यो कम्पनीको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २.३ प्रतिशतले घटेर ५९२ रुपैयाँ कायम भएको छ । चिलिमेको २२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य सामान्य घटेर ६८१ रुपैयाँमा झरेको छ।


Author

थप समाचार
x