अर्थ / बाणिज्य

अजोड इन्‍स्योरेन्सको हकप्रद स्थगित

इकागज |
चैत २६, २०७७ बिहीबार १२:३० बजे

काठमाडौं : अजोड इन्स्योरेन्सले हकप्रद सेयर तत्काल जारी नगर्ने भएको छ । बीमा समितिले हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगन गर्न निर्देशन दिएपछि अजोडले स्थगन गरेको हो ।

गत चैत १६ मा बसेको कम्पनीको सञ्‍चालक समितिको बैठकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर, अघिल्‍लो दिनमै मूल्य बढेपछि भित्री सूचना चुहाएको आशंकामा धितोपत्र बोर्डले छानबिन अघि बढाएको थियो । बिमा समितिले सोही आशंकमा हकप्रद स्थगन गर्न निर्देशन दिएको हो । बुधबार बसेको कम्पनीको सञ्‍चालक समितिको आकष्मिक बैठकले स्थगन गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस् :


भित्री सूचना चुहाई अजोड इन्स्योरेन्सको सेयर कारोबार
अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

कारबाहीको आधिकारिक सूचना नआई किन घट्यो अजोडको सेयर मूल्य ?


Author

थप समाचार
x