कर्पोरेट

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज

इकागज |
साउन २६, २०७९ बिहीबार १७:३४ बजे

काठमाडौं– एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)बाट तेश्रो आवधिक कर्जा दुई करोड पचास लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । 

एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आइबीच समझदारी आदान प्रदान भएको हो । उक्त कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मदत पुग्ने विश्वास गरिएको छ ।


एनएमबि बैंक चार बर्षको अवधिमा आइएफसीबाट लगातार तीनपटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड–१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको बताइएको छ ।

 


Author

थप समाचार
x