अर्थ / बाणिज्य

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ गज्जब मुद्दती’ याेजना

इकागज |
साउन २९, २०७९ आइतबार १७:४९ बजे

काठमाडौं–मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै न्यूनतम अवधिमा तेब्बर सम्म प्रतिफल दिने ‘मुक्तिनाथ गज्जब मुद्दती’ योजना सञ्चालनमा ल्याएको छ ।

उक्त योजनाले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे बताइएको छ । व्यक्तिगत मुद्दती खातामा नौ वर्ष चार महिना १८ दिन र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा आठ वर्ष सात महिना २८ दिनमा तेब्बर प्रतिफल प्राप्त हुने बताइएको छ ।


व्यक्तिगत मुद्दती खातामा पाँच वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर हुन्छ । व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा भने पाँच वर्ष पाँच महिना छ दिनमा दोब्बर हुने बैंकले जनाएको छ । 

उक्त योजनाबाट ग्राहकवर्गहरुलाई अत्यन्तै फाइदा पुग्ने विश्वास पनि बैंकले लिएको छ । 

डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न उक्त बैंकले एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटर्वकमा आवद्ध अन्य जुनसुकै बैंकका एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बताइएको छ । 


 


Author

थप समाचार
x