अर्थ / बाणिज्य

भारतबाट पुन: घटेर आयो इन्धनको मूल्य

इकागज |
साउन ३१, २०७९ मंगलबार १६:३७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल आयल निगमलाई भारतीय आयल निगमले पठाएको पत्रअनुसार  भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजेल ४ रुपैयाँ ८४ पैसा घटेर आएको हो ।

यसअघि साउन १६ गते दोस्रो पटक डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।



Author

थप समाचार
x