अर्थ / बाणिज्य

समता घरेलु लघुवित्तको कार्यालय मंगलबार बन्द, बिहीबारबाट एकीकृत कारोबार

इकागज |
चैत ३०, २०७७ सोमवार ११:२१ बजे

काठमाडौं : घरेलु लघुवित्त वित्तीय संस्थाले समता लघुवित्तलाई गाभेपछि समता घरेलु लघुवित्तको एकीकृत कारोबार बिहीबारबाट सुरु हुनेभएको छ । राष्ट्र बैंकले दुवै संस्थालाई गाभिन गत १० गते अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले पनि १९ गते स्वीकृति दिएको थियो ।

बैशाख २ गतेबाट एकीकृत कारोबार हुने भएकाले चैत ३१ गतेका दिन मंगलबार तथ्यांक प्रबिष्टीका लागि दुवै संस्था बन्द हुने छन्। गत असार १ गते मर्जरका लागि सहमति भएको थियो ।


केन्द्रीय कार्यालय बनेपा रहने छ । समताको १०० बराबर घरेलुको ८० कित्ता हुने गरी सेयर आदनप्रदान अनुपात मिलाइएको छ । मर्जरपछि चुक्ता पुँजी २६ करोड १४ लाख रुपैयाँ हुनेछ ।

समताले २४ वटा शाखा कार्यालयमार्फत करिब ३७ हजार ग्राहक सदस्यहरूलाई सेवा दिइरहेको छ । कुल लगानी १ अर्ब ६६ करोड रुपैयाँ छ। निक्षेप संकलन ६३ करोड ८९ लाख रुपैयाँ छ ।


Author

थप समाचार
x