अर्थ / बाणिज्य

१२ प्रतिशतले घट्यो आयात

इकागज |
भदौ ७, २०७९ मंगलबार १९:५४ बजे

काठमाडौँ- चालू आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ३१ अर्बको मात्र सामान आयात भएको छ । 

भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको साउन महिनाको भन्दा यो पटक १२ प्रतिशतले समान आयातमा कमी आएको हो । 


विदेशी संचितिमा दबाब परेको भन्दै सरकारले विलासी समानहरूमा प्रतिबन्ध लगाउँदा अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा चालू आर्थिक वर्षमा साउन महिनामा १२ प्रतिशतले आयात घटेको हो । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो । 

यसैगरी, निर्यातमा पनि गत वर्षको तुलनामा २८.६८ प्रतिशतले गिरावट आएको छ । गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको मात्र वस्तु निर्यात भएको छ ।


Author

थप समाचार
x