साउनमा भित्रिए २ सय ११ विद्युतीय सवारी
काठमाडौँ- साउन महिनामा २ सय ११ वटा मात्रै विद्युतीय सवारी भित्रिएका छन् ।
भन्सार विभागको तथ्यांक अनुसार ६२ करोड रुपैयाँ बराबरका २ सय ११ वटा विद्युतीय सवारीहरू नेपाल भित्रिएका हुन् ।
साउनमा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ भने त्यसपछि क्रमशः दक्षिण कोरिया र चीनबाट भित्रिएका छन् ।
गत आर्थिक वर्षमा १८ सयभन्दा बढी विद्युतीय आयात भएको थियो । सरकारले विद्युतीय सवारीको करमा छुट गरेपछि विद्युतीय सवारी खरिद गर्ने नेपालीको संख्या क्रमशः बढदै गएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया