अर्थ / बाणिज्य

बजारमा नक्कली ब्ल्याक लेवलकाे बिगबिगी

इकागज |
भदौ १०, २०७९ शुक्रबार १६:२२ बजे

काठमाडौं– प्रहरीले नक्कली मदिरा उत्पादन गरि बिक्री वितरण गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै बरामद भएका विभिन्न ब्राण्डका नक्कली मदिरा सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । 

कोटेश्वरमा विभिन्न ब्राण्डका नक्कली मदिराको बिक्री बितरण हुने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हरि वली भन्ने व्यक्तीको संलग्नता पाइएको र उने डेराबाट डबल ब्ल्याक, ब्ल्याक लेबल लगायतका मदिराहरु चार कार्टुन सिल प्याक गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।


त्यस्तै सो व्यक्तिसँगको सोधपुछ गर्दा नक्कली मदिरा उत्पादन गर्ने मुख्य व्यक्ति र अन्य तीन जनाको पहिचान तथा फ्याक्ट्री भक्तपुरको दुवाकोटमा रहेको खुल्ला आएको र उत्पादनकर्ता भगवान बस्नेत समेतलाई नियन्त्रणमा लिएर फ्याक्ट्रीमा छापा मार्दा ठूलो परिमाणको नक्कली मदिरा बरामद भएको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए।

पक्राउ पर्नेमा हरि वली, भगवान बस्नेत, बिशाल वली , मनोज खत्री र गोपी श्रेष्ठ रहेको उनले जानकारी दिए ।

प्रारिम्भक अनुसन्धानका क्रममा उक्त मदिराहरु रात्री क्लव, विभिन्न मदिराका डिलरहरु, दोहोरी डान्सबार लगाएतबाट माग भई उत्पादन गरि बिक्रीका लागि पठाइने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु उपर कालो बजारी तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐन कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 


 


Author

थप समाचार
x