अर्थ / बाणिज्य

बालुवा, चुनढुंगा र मार्बल उत्खननका लागि लाइसेन्‍स खुल्यो

इकागज |
बैशाख २, २०७८ बिहीबार १६:११ बजे

काठमाडौं : सरकारले ९ स्थानका खानी उत्खननका लागि अनुमतिपत्र (लाइसेन्‍स) खुलाएको छ । खानी तथा भूगर्भ विभागले बालुवा, चुनढुंगा र मार्बल उत्खननका लागि लाइसेन्सका लागि प्रक्रिया बढाएको हो ।

धादिङका दुई स्थान र सल्यानमा चुनढुंगा खानी उत्खनन गर्नुपर्नेछ । धादिङको बेनिघाटस्थित रोरङ गाउँपालिकाका जुरेथाम र गढी चुनढुंगा खानीमा उत्खनन गर्न लाइसेन्स खुलाएको विभागले जानकारी दिएको छ । दुई स्थान गरी १०.३२ वर्गमिटर क्षेत्रफलमा चुनढुंगा खानी उत्खनन गर्नुपर्नेछ ।

गढी चुनढुंगा खानीको स्रोत मार्खु हो । खानीले ओगटेको भूभाग ५.३२ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यसमा १४.३४ मेट्रीक टन रिजर्भ रहेको प्रमाणित भएको छ । यद्यपि १४.३१ मेट्रीक टनसम्‍म रहेको अनुमान गरिएको छ ।

जुरेथुम चुनढुंगा खानी ६.७७ वर्गमिटरमा फैलिएको छ । यसमा १६.९१ मेट्रिक टन प्रमाणित भइसकेको छ । तर, यसमा ३९.३८ मेट्रिक टनसम्म रहेको अनुमान गरिएको छ ।

सल्यानको कपुरकोट गाउँपालिकामा जैतपानी चुनढुंगा खानी छ । ५ वर्गमिटर क्षेत्रफलमा रहेको यो खानीको मुल लखरपाटा रहेको छ । यसमा ३.३ मेट्रिक टन रिजर्भ छ । यसमा ६ मेट्रीक टन रहेको अनुमान छ ।

मकवानपुरको भिमफेदी गाउँपालिकास्थित सुपिनमा मार्बल खानी छ । ४.९५ वर्गमिटर क्षेत्रफलमा रहेको यसमा १०००७५४ क्युबिक मिटर खानी रहेको उल्लेख छ ।

विभागले गोर्खाको गण्डकी गाउँपालिकास्थित घ्यालचोकमा बालुवाखानी उत्खननका लागि लाइसेन्स खुलाएको छ । यो क्षेत्रमा खानीका पाँच वटा प्याकेजमा विभाजन गरी लाइसेन्स वितरण गरिएको छ । यी खानीहरूमा बालुवा र ग्राभेलको सम्मीश्रण छ ।

खोज तलासका लागि चार स्थानमा लाइसेन्स खुलाइएको छ । मकवानपुरको थाहा नगरपालिकास्थित आग्रा खोलामा तामाको खोजतलासका लागि लाइसेन्स खुलाइएको छ । थाहा नगरपालिकाकै दामनमा काओलिन खोजतलास गर्नुपर्नेछ । म्याग्दी जिल्लाको मालिका-४ स्थित ओखरबोटमा खोजतलासका लागि लाइसेन्स खुलाइएको छ । धादिङको रोरङ गाउँपालिका तामा खोजतलासका लागि समेत लाइसेन्स खुलाइएको छ ।  



Author

थप समाचार
x