अर्थ / बाणिज्य

११ जिल्लामा स्मार्ट सिटी बनाउन मन्‍त्रिपरिषद्‍को स्वीकृति, अरु के-के छन् निर्णय?

इकागज |
बैशाख ६, २०७८ सोमबार १८:२० बजे

काठमाडौं :  सरकारले ११ विभिन्‍न जिल्लामा स्मार्ट सिटी निर्माण गर्न स्वीकृति दिएको छ । चैत ३० गते बसेको मन्‍त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको हो ।

धनकुटाको धनकुटा, झापाको गौरिगंज, रौतहटको चन्द्रपुर र मौलापुर, काभ्रेको काभ्रे उपत्यका, भक्तपुरको  भक्तपुर नगरपालिकास्थित गुण्डु बालकोट क्षेत्र, स्याङ्‍जाको वालिङ्ग, रुपन्देहीको लुम्विनी, दाङको  तुलसीपुर, दैलेखको दुल्लु, कञ्‍चनपुरको भीमदत्त र डडेलधुराको अमरगढीलाई स्मार्ट सिटीको रूपमा विकास गर्न स्वीकृति दिने निर्णय गरेको हो।

२० साल चैत ३० गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू


 

  •  

मन्त्रालय

निर्णयको संक्षिप्त व्यहोरा

  1.  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

भूकम्पबाट प्रभावित व्यक्तिको पुनर्वास तथा स्थानान्तरणको लागि वन क्षेत्रको जग्गा उपलब्ध गराउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७७ स्वीकृत गर्ने।

  1.  

गृह मन्त्रालय

संयुक्त राष्ट्रसंघको आयोजनामा 2078 वैशाख 9 मा भर्चुअल माध्यमबाट आयोजना हुने High Level Debate On Urban Safety, Security and Good Governance: Making Crime Prevention a Priority for All मा सहभागी हुन माननीय गृहमन्त्रीलाई स्वीकृति दिने।

  1.  

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

२०७८ बैशाख १-२ मा भर्चुअल माध्यमबाट आयोजना हुने SAARC Ministerial Meeting on Women, preceded by the Meeting of Secretaries/Senior Officials विषयक बैठकमा सहभागी हुन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने।

  1.  

रक्षा मन्त्रालय

नेपाली सेनाका प्राविधिक महासेनानी लोकनाथ शर्मा पौड्यालको पहिलो ५ (पाँच) वर्षे पदावधि समाप्त हुने मिति 207८/01/१४ बाट लागू हुने गरी ३(तीन) वर्ष थप गर्ने।

  1.  

रक्षा मन्त्रालय

नेपाली सेनाका महासेनानी गौरव कुमार के.सी. लाई सहायक रथीमा बढुवा गरी पदस्थापन गर्ने र रथीहरू मिनध्वज खड्का र निरज पौडेलको सरुवा गर्ने।

  1.  

रक्षा मन्त्रालय

उपरथी निरन्जन कुमार श्रेष्ठलाई त्रिभुवन आर्मी फुटबल क्लव (TAFC) र JSW Bengaluru Football Club Private Limited बीच भारतमा हुने फुटबल खेलको नेतृत्व गर्न स्वीकृति दिने।

  1.  

वन तथा वातावरण मन्त्रालय

कनकाई नगरपालिकालाई नगरपालिकाको कृषि बजार निर्माणार्थ झापा   कनकाई नगरपालिका-३ सुरुङ्गामा रहेको ०.९९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने।

  1.  

शहरी विकास मन्त्रालय

धनकुटा   धनकुटा, झापा   गौरिगंज, रौतहट   चन्द्रपुर र मौलापुर, काभ्रे   काभ्रे उपत्यका, भक्तपुर   भक्तपुर नगरपालिका गुण्डु बालकोट क्षेत्र, स्याङ्‍जा   वालिङ्ग, रुपन्देही   लुम्विनी, दाङ   तुलसीपुर, दैलेख   दुल्लु, कञ्‍चनपुर   भीमदत्त र डडेलधुरा   अमरगढीलाई स्मार्ट सिटीको रूपमा विकास गर्न स्वीकृति दिने।

 


Author

थप समाचार
x