तोलामा सय रुपैयाँ घट्यो सुन
काठमाडौँ- सुनको मूल्यमा प्रतितोला सय रुपैयाँले गिरावट आएको छ । नेपाली बजारमा बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा सुन बिक्री भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९३ हजार एक सय रुपैयाँले सुनको मूल्य कायम भएको छ । हिजो मात्रै सुनको मूल्य ९३ हजार दुई सय रुपैयाँले कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी एक हजार एक सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया