अर्थ / बाणिज्य

सेयर बजार सामान्य बढ्यो

इकागज |
बैशाख ७, २०७८ मंगलबार १५:१७ बजे

काठमाडौं : मंगलबार सेयर बजार नेप्से परिसूचक २.६८ को सामान्य अंकले बढेको छ । पछिल्ला दुई दिन लगातार ओरालो लागेको सेयर बजारमा मंगलबार सामान्य वृद्धि भएको हो ।

महिला लघुवित्त र युनाइटेड मोदी हाइड्रो लिमिटेको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । जलविद्युत र विकास बैंक समूहका परिसूचकमा उल्लेख्य वृद्धि देखिएपछि नेप्से सामान्य अंकले उचालिएको हो ।

बैंकिङ समूहमा भने १.३७ अंकको सामान्य गिरावट देखिएको छ । ज्योति लाइफ इन्स्‍योरेन्स र हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि भइरहँदा कारोबार रकम ५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । ६५ हजार ७९३ पटकको कारोबारमा १ करोड २३ लाख कित्ता सेयर किनबेच भएको छ ।

नागरिक लगानी कोषको २१ करोड ४२ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ । नेपाल इन्‍फ्रास्ट्रक्‍चर बैंक (निफ्रा) को १९ करोड ८६ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ ।



Author

थप समाचार
x