अर्थ / बाणिज्य

कुमारी बैंकमा मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा

इकागज |
कात्तिक ७, २०७९ सोमबार १३:१८ बजे

काठमाडौं– नेपालमै पहिलोपटक कुमारी बैंकले जीवन बीमा सुविधासहितकोे कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने छ । 

यस योजना अन्तर्गत ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्नेछन् ।   


यस योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्युनतम पचास हजारदेखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दती रकममा दुई देखि १० गुणा सम्म प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्सुरेन्स कम्पनी रहेको छ । 

मुद्दती निक्षेप तथा जीवन बीमा दुबै सुरक्षित आर्थिक भविष्यको महत्वपूर्ण साधनका रुपमा मानिदै आएका छन् । कुमारी बैंकले पहिलो पटक यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ ।
 


Author

थप समाचार
x