तीन महिनामा आयात ४ खर्ब, निर्यात ४१ अर्ब, आयात बन्देजले व्यापार घाटा १३ प्रतिशतले घट्यो
फाइल तस्वीर
काठमाडौँ - चालू आर्थिक वर्षको तीन महिनामा कुल ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन, भदौ र असोज महिनाको समग्र व्यापार स्थितिअनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात १६ प्रतिशतले घटेको छ ।
त्यस्तै निर्यात ४१ अर्ब ८२ करोडमा रहेको विभागले जारी गरेको तथ्यांकमा उल्लेख छ। ४ पांग्रे सवारीसाधन, १५० सीसी माथिका मोटरसाइकल, ३ सय डलरमाथिका मोबाइल र तयारी विदेशी मदिराको आयात प्रतिबन्ध अहिले पनि जारी छ ।
आयात १६ प्रतिशत घट्दा निर्यात भने ३५ प्रतिशत घटेको छ । समग्रमा तीन महिनामा मुलुकको व्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ । गत आ.व तीन महिनाको तुलनामा व्यापार घाटा १३ प्रतिशतले घटेको हो । गत वर्षको तीन महिनामा कुल व्यापार घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया